क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

जुम्ला :  क्वारेन्टाइनमा बसेका एक जना व्यक्तिको मृत्यु भएको छ । जुम्लाको चन्दननाथ नगरपालिका –८, धुपीढुस्का माध्यामिक विद्यालय, तलिउमको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

‘मृतक २१ गते जिल्लाबाहिरबाट आएका थिए,’ उनले भने, ‘स्वाबको नमुना संकलन लिन चिकित्सकसहित म पनि तलिउम जाँदैछु, रिपोट नआएसम्म ठ्याक्कै भन्न सकिने अवस्था छैन ।’

उनी दमको बिरामी थिए भन्ने प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । उनको स्वाब परीक्षण गर्ने तयारी गरिएको छ ।

प्रकाशित मितिः   २३ जेष्ठ २०७७, शुक्रबार १४:१५