कर्णालीमा कोरोना संक्रमित ३८९ पुगे
सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या चार सय नजिक पुगेको छ । बिहीवार थप १ सय १४ जना नयाँ संक्रमित भेटिएसँगै प्रदेशमा कूल संक्रमितको संख्या ३ सय ८९ पुगेको हो ।
बिहीवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ सय ६ जना र कर्णाली प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट ८ जनामा संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
सुर्खेतमा आज पुष्टि भएका ८ जना नै दैलेखका हुन् । बिहीवार नै जुम्लाबाट दैलेखका १ सय ५ जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै दैलेखमा सर्वाधिक २ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।
साझा बिसौनी ।