सोती घटना : वडाध्यक्षसहित १८ जनालाई १० दिन थुनामा राख्न अदालतद्वारा अनुमति

रुकुम(पश्चिम) : सोती घटनामा पक्राउ परेका १८ जनालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत रुकुमले अनुमति दिएको छ । उक्त घटनामा अनुसन्धानका लागि पक्राउ परेका चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १८ जनालाई १० दिन थुनामा राख्न अनदालतले अनुमति प्रदान गरेको छ।

 थप अनुसन्धानमा लागि २५ दिने समयमा माग गर्दै सरकारी वकिल कार्यालय रुकुमले जिल्ला अदालत पेश गरेको थियो। अदालतले उनीहरुलाई जाजरकोटका ६ युवाको हत्या गरेको अभियोगमा थप अनुसन्धान गर्नका लागि थुनामा राख्न अनुमति दिएको हो।

हत्याकाण्डमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

जाजरकोटबाट प्रेमिकालाई भगाउन आएका नवराज विकसहितका युवाहरुलाई जेठ १० गते घेरा हालेर हत्या गरी भेरी नदीमा बगाएको आरोप लागेको छ। उक्त घटनामा वेपत्ता ६ जनाको शव फेला परेको थियो ।