दैलेखमा कोरोना संक्रमित दुई सय नाघे

दैलेख : कर्णाली प्रदेशमा सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमित दैलेखमा भेटिएका छन् । दैलेखमा मात्रै संक्रमितको संख्या दुई सय नाघेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बिहीवार गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लाका कूल संक्रमित संख्या २ सय १० पुगेको छ ।

कर्णाली प्रदेशभित्र कोरोना संक्रमण देखिएका ६ जिल्लामध्ये यो सबैभन्दा धेरै हो ।

दैलेखकै एक जना संक्रमितको मृत्यु समेत भइसकेको छ भने पहिलो संक्रमित पुष्टि भएका युवा पनि दैलेखकै हुन् ।

भारतबाट फर्किनेहरुको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या पनि बढेको हो ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७७, बिहीबार १५:२२