कर्णालीमा एकैदिन १०६ जनामा कोरोना पुष्टि

जुम्ला : कर्णाली प्रदेशमा एकै दिन १ सय ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा बिहीवार एकै दिन ठूलो संख्यामा पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

कोरोना परीक्षण रिपोर्ट पोजिटिभ देखिएकामा एक सय ५ जना दैलेखका छन् भने एक जना मुगुका हुन् ।

दैलेखको नारायण नगरपालिकाका मात्र ६४ पुरुष र ५ महिला छन्। सँगै देवलकाँडाका १२, सोतका ९, मानटाकुराका ७, भगनीका ५, साडुका २ र बासकोटमा १  छन्।

त्यसैगरी मुगुको खत्याडका अर्का एक पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख विवेक पुनमगरले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन्। उनका अनुसार जुम्लामा गरिएको परीक्षणमा हालसम्म २ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै कर्णाली प्रदेशमा कुल संक्रमित संख्या ३ सय ८४ पुगेको छ । बुधवारसम्म प्रदेशभित्र २ सय ७८ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७७, बिहीबार १४:५९