संक्रमित भनिएका तीन जनामा कोरोना नभएको पुष्टि

सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमित भनिएका कर्णालीका तीन जनामा संक्रमण नभएको पाइएको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा  महाशाखाले जेठ १९ गते विज्ञप्तिमार्फत सल्यानको वनगाड कुपिन्डे नगरपालिका-३ का १७ र १९ वर्षीय दुई जना पुरुष तथा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका-७ का ४५ वर्षीय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको थियो ।

तर उक्त सूचना गलत भएको पाइएको हो ।

महाशाखाले आज विज्ञप्तिमार्फत नै भुलवश उनीहरु तीन जनामा संक्रमण देखिएको रिपोर्टिङ भएको भन्दै सच्याएको छ ।

कर्णालीमा बिहीवारसम्म ३ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७७, बिहीबार १६:१७