कर्णालीका कुन जिल्लामा कति संक्रमित ?

सुर्खेत : कर्णाली प्रदेशका ६ जिल्लामा कोरोना (कोभिड-१९) को संक्रमण देखिएको छ । सोमवारसम्म प्रदेशका १० मध्ये ६ जिल्लामा संक्रमित फेला परेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनका अनुसार प्रदेशमा २ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ३० जना कर्णाली प्रदेशकै हुन भने बाँकी ३ जना प्रदेशबाहिरका ।

कुन जिल्लामा कति संक्रमित ?

दैलेख : ९८ जना

सुर्खेत : ५० जना

कालिकोट : १८ जना

सल्यान : ४४ जना

जुम्ला : १९ जना

मुगु : १ जना

यसबाहेक कर्णालीमा गरिएको परीक्षणका क्रममा बाजुरा, बझाङ र अछामका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु तीनै जना कर्णालीमै रहेका छन् ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७७, सोमबार १८:११