कर्णालीमा कोरोना संक्रमित २३३ पुगे

सुर्खेत : कर्णालीमा कोरोना संक्रमितको स‌ंख्या दुई सय नाघेको छ । सोमवार थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय ३३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक दैलेख, सुर्खेत, सल्यान र अछामका संक्रमित थपिएका हुन् ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७७, सोमबार १७:४५