सुर्खेतमा सिडिओ हेरफेरः न्यौपाने जाँदै रेग्मी आउँदै

सुर्खेतः सुर्खेतमा प्रमुख जिल्ला अधिकारी फेरबदल गरिएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने पाल्पा सरुवा भएका छन् भने हिरालाल रेग्मी सुर्खेत आउने भएका छन् ।

सुर्खेतका स्थानीय रेग्मी हाल गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनले यसअघि सुर्खेतमा रहेर स्थानीय विकास अधिकारी (एलडिओ)को रुपमा काम गरिसकेका छन् । गृह मन्त्रालयले सहसचिव, उपसचिव तथा सिडिओहरुको सरुवा गरेको हो ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७७, सोमबार १६:११