सोती घटनाको विरोधमा सुर्खेतमा प्रदर्शन


सुर्खेतः पश्चिम रुकुमको चौरजहारी–४ सोतीमा भएको घटनाको निष्पक्ष छानविनको माग गर्दै सुर्खेतमा विरोध प्रदर्शन गरिएको छ । लकडाउनका बाबजुद सोमवार बिहान दलित अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थाको संयोजनमा विरोध प्रदर्शन भएको हो ।

विरोध ¥यालीले वीरेन्द्रनगर बजार परिक्रमा गर्दै दोषिमाथि कडा कारबाहीको माग गरेको थियो । जुलुसपछि आयोजित कोणसभा बोल्दै दलित अधिकारकर्मीहरुले भेदभावकै कारण सोती घटना घटेको बताए । वक्ताहरुले उक्त घटनाको राज्यले निष्पक्ष रुपमा अनुसन्धान गर्नुपर्ने राखेका थिए । कोणसभामा छोरी बचाउ अभियानकी संयोजक सजना सुनार, दलित अधिकारकर्मी खगेन्द्र सुनारलगायतले सोती घटना दलित समुदायमाथिको जघन्य अन्याय भएको विचार व्यक्त गरेका थिए ।

गत १० जेठमा सोती घटनामा नवराज विकसहित पाँच जनाको ज्यान गएको छ । भेरी नगरपालिका–११ का गोविन्द्र शाही अझै हराइरहेका छन् । उनको खोजी कार्य भइरहेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरेको छ । किटानी जाहेरीमा २० जनाको नाम उल्लेख छ । दुई जना फरार रहेकाले खोजि भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७७, सोमबार १४:२१