दैलेखका ८९ जनामा कोरोना संक्रमण पुष्टि

दैलेख : कर्णाली प्रदेशमा सबैभन्दा धेरै कोरोना संक्रमण दैलेखमा देखिएको छ । सोमवार विहानसम्म जिल्लाका ८९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो पटक प्रदेश अस्पताल सुर्खेत/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएको परीक्षणमा २४ नयाँ संक्रमित भेटिएसँगै कूल संख्या ८९ पुगेको हो । यसअघि ४८ जनामा संक्रमण पुष्टि भइसकेको थियो ।

संक्रमितहरु भारतबाट हालै मात्रै फर्किएका हुन् ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७७, सोमबार १३:०५