सल्यानमा कोरोना संक्रमित ३५ पुगे

सल्यान : सल्यानमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित ३५ पुगेका हुन् । यसअघि २५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित हुनेहरु सबै जिल्लाको वनगाड कुपिन्डे नगरपालिकाका हुन् ।