१२ दिन थपियो लकडाउन, जेठ ३२ गतेसम्म निरन्तरता
काठमाडौँ — सरकारले थप १२ दिन लकडाउन जारी राख्ने निर्णय गरेको छ । शनिवार बसेको मन्त्रीपरिषद् बैठकले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि गत चैत ११ गतेदेखि गरिएको लकडाउन पछिल्लो पटक थप भएअनुसार यही जेठ २० गते समाप्त हुँदै थियो ।
कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।
कोरोना संक्रमितको संख्यासँगै मृतकको संख्या पनि थपिदै गएको छ । शनिवार दैलेखका एक युवाको मृत्य भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
यसैगरी आगामी असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।
प्रकाशित मितिः १७ जेष्ठ २०७७, शनिबार २१:१५
साझा बिसौनी ।