कर्णालीमा कोरोना संक्रमित १०५ पुगे

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना (कोभिड-१९) संक्रमितको संख्या एक सय नाघेको छ । शनिवार थप ५९ जनामा पुष्टि भएसँगै संक्रमितको संख्या एक सय पाँच पुगेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कर्णालीका चार जिल्लामा संक्रमित भेटिएका छन् ।

शनिवार कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगतको जनस्वास्थ्य शाखा प्रमुख नवराज क‌ंडेलले जानकारी दिए । उनका अनुसार संक्रमित हुनेहरुमा सुर्खेत, दैलेख, सल्यान, कालिकोट र बाजुराका हुन् । शुक्रावारसम्म कर्णालीमा ४६ जना संक्रमित फेला परेका थिए ।

यसैबीच एकजनाको भने कोरोना संक्रमणबाट मृत्यु भएको छ । दैलेखका ३५ वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

संक्रमितहरुको विवरण यस्तो छ :

प्रकाशित मितिः   १७ जेष्ठ २०७७, शनिबार २२:५३