नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो
काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक सय ५६ जनामा कोभिड–१९ पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार नाघेको हो ।
अब कुल संक्रमित संख्या १ हजार ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । हालसम्म कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ । एक सय ९० जना संक्रमित भने निको भएर घर फर्किएका छन् ।
प्रकाशित मितिः १५ जेष्ठ २०७७, बिहीबार १४:५३
साझा बिसौनी ।