दैलेखका थप ८ जनामा कोरोना संक्रमण, कर्णालीमा संक्रमित ४६ पुगे

सुर्खेत : दैलेखमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप आठ जना कोरोना संक्रमित भेटिएका हुन् । संक्रमित आठै जना दैलेखका हुन् । दैलेखको नारायण नगरपालिका वडा नं‍ १. ३, ४ र ५ का उनीहरुमा बिहीवार संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

योसँगै कर्णालीमा संक्रमितको संख्या ४६ पुगेको छ । अहिलेसम्म कर्णालीका सुर्खेत र दैलेखमा मात्रै संक्रमित भेटिएका छन् ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७७, बिहीबार १२:२२