सुजुकीको सोरुम उद्घाटन

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ भदौ ।
मारुती सुजुकी बिक्री गर्दै आइरहेको सीजी मोटोकर्पले यस क्षेत्रका ग्राहकहरूको मागलाई मध्यनजर गर्दै सुर्खेतमा सोरुम सञ्चालनमा ल्याएको छ । सुर्खेतमा रत्नलक्ष्मी इन्टरनेशनल प्रालिले सोरुम सञ्चालनमा ल्याएको हो । साथै केही महिनाभित्रै वीरेन्द्रनगमा सर्भिस सेन्टर समे
त सञ्चालनमा ल्याइने जनाइएको छ ।
सुजुकीको देशभरका ३४ जिल्लामा शाखा र ४१ वटा सर्भिस सेन्टर रहेको सीजी मोटोकर्पका पश्चिमाञ्चल डिलर इन्चार्ज प्रशान्त पौडेलले जानकारी दिए । उनले सुर्खेतसहित दैलेख, जुम्ला, कालिकोट, जाजरकोट लगायतका जिल्लाका ग्राहकहरूले सहजै सुर्खेतबाट सुजुकीका विभिन्न मोडलहरू खरिद गर्न सक्ने बताए । सुजुकी ब्राण्डका हाल विभिन्न मोडलका १४ वटा गाडीहरू रहेका छन् । यस क्षेत्रका ग्राहकले आफूले चाहेको गाडी वीरेन्द्रनगरबाटै खरिद गर्न सक्ने पौडेलको भनाइ छ ।
व्यापरिक प्रयोजनतर्फ सुपर क्यारी र ओम्नी भ्यान छन् । तर ओम्नी भ्यान पछिल्लो समय धेरै बिक्री हुने गाडी भएको पौडेल बताउँछन् । सुर्खेतमा मात्रै ओम्नी भ्यान ५० भन्दा बढी बिक्री भइसकेका छन् । बेजा कारको मूल्य ३६ लाखदेखि ४६ लाख रहेको इन्चार्ज पौडेलले बताए । यस्तै ओम्नी भ्यानको मूल्य १३ लाख नौ सय ९९ रूपैयाँ छ ।

प्रकाशित मितिः   ३० भाद्र २०७३, बिहीबार १०:४२