पहिरोले एकको मृत्यु

साझा बिसौनी संवाददाता
जाजरकोट, २९ भदौ ।
जाजरकोटदेखि डोल्पा जोड्ने सडक खण्डको साउनेभीरस्थित सडक निर्माण गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । डोल्पा र रुकुमको सीमानामा पर्ने साउनेभीरस्थित उक्त सडकको ट्रयाक खोल्ने क्रममा पहिरो आउँदा भगवती–९ स्यूनाका २५ वर्षीय प्रदिप बोहराको मृत्यु भएको हो ।
आर्थिक अभावका कारण
साँझ–बिहानको छाक टार्न मुस्किल भएका बोहरा लामो समयदेखि ज्याला मजदुरी गरिरहेका थिए । उनको ४ र १ वर्षकी दुई छोरी छन् । केही महिना अघि उनकी श्रीमती दोस्रो विहे गरेर गएपछि दुई छोरीको हेरचाह गर्न समस्या भएको थियो । बाबु बोहराको मृत्युभएपछि छोरीहरूको विचल्ली भएको छ । घरमा ७० वर्षीया वृद्धा आमा मात्रै रहेको बोहराकी छोरीको लालन पालनमा समस्या हुने भएको स्थानीय हर्कबहादुर बोहराले बताए ।