सांस्कृतिक कार्यक्रम

सुर्खेत, २९ भदौ । (साबिस)
जिल्लाको पूर्वमा रहेको मैनतडामा बाल दिवसको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । बाल संरक्षण समितिको आयोजना र भेरीगंगा नगरपालिका तथा आशा सञ्जालको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
जहरेमा बुधवार सम्पन्न कार्यक्रमका सहभागीहरूले बालबालिकाको शिक्षामा जोड दिएका छन् । साथै उनीहरूले बाल विवाह न्यूनीकरणमा सबैको हातेमालो आवश्यक रहेको बताए । चेतनामूलक ¥यालीले बजार परिक्रमा गरिएको थियो । मैनतडामा रहेका विभिन्न सरकारी तथा निजी विद्यालयका विद्यार्थी, शिक्षक, बालबालिका र अभिभावकहरूको सहभागिता रहेको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा स्थानीय संवाद केन्द्रका किशोरीहरूको सहभागिता रहेको थियो । सो अवसरमा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले बालबालिकाको शिक्षा नै पहिलो अधिकार भएको बताए । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले समेत बालबालिकाको क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएको किर्डाक नेपालका सामाजिक परिचालक दुर्गा गाहाले जानकारी दिइन् ।

प्रकाशित मितिः   ३० भाद्र २०७३, बिहीबार १०:१२