वक्तृत्वकला प्रतियोगिता

सुर्खेत, २९ भदौ । (साबिस)
बाल दिवसको अवसरमा सुर्खेत होराइजन एकेडेमीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले बुधवार वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।
बाल अधिकारको विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा २७ जनाले भाग लिएका थिए । विद्यालयमा अध्ययनरत कक्षा ४ देखि ८ सम्मका बालबालिकाहरूले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताका सहभागीहरूले बालअधिकारको संरक्षण र कर्तव्यको बारेमा आफ्ना धारणा राखेका थिए । ओरेटरी क्लबका अध्यक्ष दिया शाहीको सभापतित्व तथा विद्यालयका मनिटर इन्सी भास्करको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूबीच चित्रकला प्रतियोगिता पनि सम्पन्न भएको विद्यालयका शिक्षक श्याम सापकोटाले जानकारी दिए ।

प्रकाशित मितिः   ३० भाद्र २०७३, बिहीबार १०:१२