शैक्षिक सामग्री सहयोग

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ भदौ ।
३७ औं राष्ट्रिय बाल दिवसको अवसरमा सुर्खेतस्थित विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा बुधवार विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । लायन्स क्लब अफ काँक्रेविहार, लायन्स क्लब अफ सुर्खेत भ्याली तथा लायन्स क्लब अफ सुर्खेत मध्यपश्चिमको संयुक्त आयोजनामा जनजागृत आधारभूत विद्यालय, पदमपुर, सुर्खेतलाई स्टेशनरी सामग्री प्रदान गरिएको हो ।
२०४८ सालमा स्थापना भएको उक्त विद्यालयमा ३४ जना दलित समुदायका, ३७ जना जनजाती समुदायका र ५७ जना अन्य समुदायका गरी कुल एक सय ३१ जना विद्यार्थीहरू अध्ययनरत छन् । विद्यालयमा रहेका सम्पूर्ण विद्यार्थीहरूलाई ६ थान कपी, एक दर्जन पेन्सिल, एक थान कलर बक्स तथा एक थान ज्यामिती बक्स संलग्न रहेको स्टेशनरी किट प्रदान गरिएको जनाइएको छ । लायन्स क्लबका रिजन चियरपर्सन लायन कल्पना कार्की, जोन चियरपर्सनहरू
एमजेएफ लायन विजय पराजुली, लायन सरस्वती बस्नेत, युथ क्याम्प तथा एक्सेन्ज प्रोगाम चियरपर्सन सम्राट गौतम, पर्यटन प्रवद्र्धन कोओडिनेटर लायन कमल नेपाल, उमन लिडर कोओडिनेटर लायन धनकुमारी खरेल लगायतको उपस्थिति रहेको कार्यक्रम लायन्स क्लब अफ सुर्खेत काँक्रेविहारका अध्यक्ष विन्दु नेपालको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी दीपा हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   ३० भाद्र २०७३, बिहीबार १०:११