नेपालमा कोरोना सं‌क्रमितको संख्या पाँच सय ८४ पुग्यो

सुर्खेत : नेपालमा कोरोना(कोभिड-१९) संक्रमितको संख्या पाँच सय ८४ पुगेको छ । शनिवार दिउँसो थप ३६ जनामा संक्रमण पुष्टि भएसँगै  नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय ८४ पुगेको हो ।

बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

यसअघि शनिबार बिहान मात्रै विभिन्न ठाउँमा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Loading...