कर्णालीमा तीन जना संक्रमित थपिए, तीनै जना सुर्खेतका

सुर्खेत : कर्णाली प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएका तीनै जना सुर्खेतका हुन् । संक्रमित हुनेमा दुइ जना पुरुष र एक जना महिला छन् ।

भारतबाट फर्किएका उनीहरुको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यो सँगै कर्णालीमा संक्रमितको संख्या चार पुगेको छ ।

संक्रमित चारै जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए ।

 

 

प्रकाशित मितिः   १० जेष्ठ २०७७, शनिबार १६:२४