भेरीगंगामा आयो दमकल

damkalसाझा बिसौनी संवाददाता
सुर्खेत, २८ भदौ ।
सुर्खेतको भेरीगंगा नगरपालिकाले आगलागी नियन्त्रण गर्ने दमकल भिœयाएको छ । जिल्लाको जेठो नगरपालिका र प्रदेश नम्बर ६ को सम्भावित राजधानी वीरेन्द्रनगर नगरपालिकामा हालसम्म दमकल छैन । तर जिल्लाकै भेरीगंगा नगरपालिकाले यस क्षेत्रमै पहिलो पटक मंगलवार ठूलो दमकल भिœयाएको हो ।
प्रदेश नम्बर ६ को सम्भावित राजधानी सुर्खेतमा हालसम्म दमकल सेवा थिएन । मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम भएर पनि वीरेन्द्रनगरमा समेत दमकल छैन । तर नगरपालिका घोषणा भएको केही वर्षमा नै भेरीगंगा नगरपालिकामा दमकल आएको हो । भारतीय राजदूतावासको सहयोगमा स्थानीय विकास मन्त्रालयले भेरीगंगा नगरपालिकालाई दमकल उपलब्ध गराएको हो । जिल्लामा दलमक भित्रिएपछि अब आगलागी नियन्त्रण गर्न सजिलो हुनेछ ।
यो दमकलको मूल्य करिब ८० लाख रूपैयाँ पर्दछ । तर भारतीय दूतावासले नगरपालिकालाई निःशुल्क उपलब्ध गराएको हो । भारतले नेपाललाई १७ वटा दमकल सहयोग गरेको थियो । त्यसमा भेरीगंगाले पनि एउटा दमकल प्राप्त गरेको हो । सुर्खेत प्रदेशको सम्भावित राजधानी भएकाले ठूलो साइजको दमकल आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले भने, ‘आजसम्म जिल्लामा मात्र होइन, यस क्षेत्रमा नै दमकल थिएन । अब हामीले एउटा दमकल ल्याएका छौं, यो जिल्लाको सम्पत्ति हुनेछ ।’
भेरीगंगामा रहे पनि दमकल जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयअनुसार सञ्चालन हुने शर्माले जानकारी दिए ।
केही दिनमा नै जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकमा दमकल सञ्चालनका लागि कार्यविधि बनाइने नगरपालिकाले जनाएको छ । नगरपालिका एक्लैले दमकल सञ्चालन गर्न नसक्ने भन्दै कार्यकारी अधिकृत शर्माले थपे, ‘प्राप्त गर्नु मात्र ठूलो होइन, यसलाई सही सञ्चालन गर्न पनि चुनौती छ ।
यसका लागि जिल्लामा रहेका अन्य स्थानीय निकायहरूले पनि सहयोग गर्नु जरुरी छ, यो सबैको साझा सम्पत्ति हो ।’ दमकल भिœयाएको भए पनि एक जना चालक बाहेक अन्य दक्ष जनशक्ति नभएको भन्दै शर्माले यसका लागि सबैको सहयोग आवश्यक पर्ने ताए । जिल्लामा हुने आगलागी नियन्त्रणका लागि दमकल उपयोगी हुने भन्दै नगरपालिकाले दमकल आवश्यक परेमा ०८३–५४०१५४ मा खबर गर्न आग्रह गरेको छ । दमकल प्रयोग गर्दा कुनै शुल्क लाग्ने छैन ।

प्रकाशित मितिः   २९ भाद्र २०७३, बुधबार ०९:३८