सुर्खेत–काठमाडौं हाइस सेवा

hiceसुर्खेत, २८ भदौ । (साबिस)
काँक्रेविहार यातायात व्यवसायी संघ सुर्खेतले आज (बुधवार)बाट सुर्खेतदेखि काठमाडौंका लागि हाइस सेवा सञ्चालनमा ल्याउँदैछ । सुर्खेत–काठमाडौंका लागि पहिलो पटक हाइस सेवा सञ्चालन गर्न लागिएको हो ।
हरेक दिन सुर्खेतबाट एउटा र काठमाडौंबाट एउटा हाइस छुट्ने काँक्रेविहार यातायात व्यवसायी संघले जानकारी दिएको छ । सुर्खेतबाट बिहान साढे ५ बजे हाइस छुट्ने संघका सचिव रमेश सापकोटाले जानकारी दिए । उनले १६ वटा सीट भएको हाइसमा रात्रीसेवामा प्रदान गर्दै आएका बसहरूमा जस्तै सुविधा भएको जानकारी दिए ।
पछिल्लो समय यात्रुहरूको चाप बढ्दै गएको र दिवा सेवा समेत खोज्न थालेपछि पहिलो पटक हाइस सेवा सञ्चालनमा ल्याइएको सचिव सापकोटाले जनाए । उनका अनुसार अहिले संघले सुर्खेतदेखि काठमाडौंसम्मका लागि नौं वटा हाइसबाट सेवा सञ्चालन गर्ने बताए ।

प्रकाशित मितिः   २९ भाद्र २०७३, बुधबार ०९:३७