कर्णाली भित्रियो कोरोना, दैलेखका एक युवामा संक्रमण पुष्टि

सुर्खेत : कर्णाली प्रदेशमा पहिलो पटक एक जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । दैलेखको आठबीसकोट नगरपालिकाका ३५ वर्षीय एक व्यक्तिमा कोरोना स‌ंक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

सुर्खेतस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ देखिएपछि पुनःपरीक्षणका लागि नेपालगञ्जमा पठाइएको थियो । नेपालगञ्जमा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ ।

उक्त रिपोर्टसँगै कर्णाली प्रदेशमा पहिलो संक्रमित फेला परेका हुन् । अन्य ६ वटै प्रदेशमा कोरोना संक्रमित फेला परिसक्दा हालसम्म भने कर्णालीमा संक्रमित भेटिएका थिएनन् ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७७, सोमबार २२:२७