अदालतलाई सामग्री हस्तान्तरण

साझा बिसौनी संवाददाता
दैलेख, २७ भदौ ।
सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले बालदिवसको अवसर पारेर सोमवार जिल्ला अदालतलाई बाल इजालसको लागि सामग्री हस्तान्तरण गरेको छ । बाल इजालसको व्यवस्थापनका लागि कार्पेट, पी–फर्मसहित खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
सेभ द् चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सञ्चालित सहकार्य परियोजनाले ती सामग्री हस्तान्तरण गरेको हो । सोसेकका कार्यसमिति महासचिव झलकबहादुर भण्डारीले जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितलाई सामग्री हस्तान्तरण गरे । अदालतमा बाल बिझ्याइका कारण तथा अदालत आउने आमासँग हुने बालबालिकालाई घरेलु वातावरण दिन बालबालिकाका लागि बसाइँ व्यवस्थापन र खेलकुद सामग्री हस्तान्तरण गरिएको
भण्डारीले बताए । उनले अदालतमा आउने बालबालिकालाई घरेलु वातावरण दिनुपर्ने आवश्यकता रहेको बताए ।
सामग्री ग्रहण गर्दै न्यायाधीश पण्डितले सहयोगका लागि सोसेकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तो सहयोग हुने विश्वास व्यक्त गरे । करिब १३ हजार बराबरका सामग्री हस्तान्तरण गरिएको थियो ।