राहत प्याकेज माग्दै व्यवसायी

लामो समयदेखिको लकडाउनका कारण निजी क्षेत्र संकटमा परेको भन्दै व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग वाणिज्य संघ भेरी सुर्खेतले बुधवार प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र संघीय सरकारको अर्थ मन्त्रालयलाई ज्ञापन पत्र बुुझाएको छ ।

संघका अध्यक्ष सोमराज ढकालले हस्ताक्षर गरेको ज्ञापन पत्रमा लकडाउनले पारेको प्रभावबारे विस्तृत अनुसन्धान गरेर राहत, पुनस्र्थापना र सहयोगको प्याकेज ल्याउन माग गरिएको छ । संघले निजी क्षेत्रको सहभागितामा सहयोगको प्याकेज निर्माणका लागि उच्च स्तरीय अधिकार सम्पन्न समिति गठन गर्नुपर्ने पनि माग गरेको छ ।

सरकारी अनुदान, राहत, तथा सहयोग दिँदा सबैभन्दा प्रभावित कृषि, पर्यटन, पूर्वाधार विकास, ऊर्जालगायतको उद्योगी व्यवसायीको पहिचान गरेर प्राथमिकता दिनुपर्ने बताएको छ ।

यस्तै लकडाउनका कारण बन्द रहेका उद्योग व्यवसायका श्रमिकहरूको लकडाउन अवधिको ५० प्रतिशत आर्थिक अनुदान सरकारले दिनुपर्ने, बैंक ऋणको ब्याज पूर्णरूपमा मिनाहा गर्नुपर्ने, लकडाउनका कारण किस्ता तिर्न नसकेका उद्योगी व्यवसायीहरूलाई उक्त अवधिको किस्ता अन्तिम किस्ता भन्दा पछाडि भुक्तानी गर्ने व्यवस्था मिलाउनुुपर्ने, र पुराना धितो जमानीका आधारमा न्यूूनतम ५० प्रतिशत पुुनर्कर्जा दिने व्यवस्था मिलाउनुपर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मितिः   १ जेष्ठ २०७७, बिहीबार ११:५६