कोरोना कहर

भारतबाट हिँडेरै जुम्ला

जुम्लाः रोजगारीका लागि भारत गएका १२ जनाको समूह हिँडेरै जुम्ला फर्किएको छ । तीन महिनाअघि मजुदुरी गर्न भारतको पिथौरागढमा गएका उनीहरु ७ दिन पैदल हिँडेर मंगलबार जुम्ला आइपुगेका हुन् ।

हिमा गाउँपालिका– २ ओदीका १२ जना युवा दार्चुलाको झुलाघाट नाका हुँदै घर पुगेको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए । उनका अनुसार मजदुरीका लागि भारत गएका उनीहरु सिमापारी २१ दिन क्वारेन्टाइनमा बसेर फर्केका हुन् ।

उनीहरुलाई हाल गाउँपालिकाको वडा नम्बर– २ मा बनाइएको क्वारेन्टाइनमा राखिएको सोही वडाका अध्यक्ष नैनसिंह रोकायले बताए । ‘भारतबाट आएको थाहा पाउना साथ परिवारसँग घुलमिल नहुँदै उहाँहरुलाई क्वारेन्टाइनमा राखेका छौं,’ उनले भने, ‘२१ दिन पुगेपछि कोरोना परीक्षण गरेर मात्रै घर पठाउँछौं ।’

प्रकाशित मितिः   २६ बैशाख २०७७, शुक्रबार १८:५८