कोरोना संक्रमितको संख्या सय नाघ्यो

सुर्खेतः नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सय नाघेको छ । बिहीवार कपिलवस्तुका २ पुरूषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुगेको हो ।

आज थपिएका दुई पुरूषको उमेर १६ र २२ वर्ष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरू दुबै जनाको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमै छन् । बुधबारमात्रै वीरगन्जमा दुई महिनाका शिशुसहित एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मितिः   २५ बैशाख २०७७, बिहीबार २१:४२