कोरोना कोषमा साना किसानको एक लाख

सुर्खेतः कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा साना किसान विकास लघुवित्त वित्तिय संस्थाले एक लाख रुपैयाँ सहयोग गरेको छ । बिहीवार संस्थाका सञ्चालक सदस्य चाँदनी ढकाल र इलाका प्रबन्धक दोर्णराज घिमिरेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।

प्रदेशवासीलाई कोरोना भाइरसको विपद्बाट बचाउन प्रदेश सरकारले स्थापना गरेको कोषमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको इलाका प्रबन्धक घिमिरेले बताए । यसअघि संस्थाको केन्द्रीय कार्यालयले संघीय सरकारलाई दश लाख रुपैयाँ सहयोग गरिसकेको उनले जानकारी दिए । विपद् कोषमा रकम सहयोग गरी सरकारको अभियानलाई साथ दिएको भन्दै मुख्यमन्त्री शाहीले संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मितिः   २५ बैशाख २०७७, बिहीबार १६:४८