भोलि सार्वजनिक बिदा

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ भदौ ।
सरकारले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर इदका अवसरमा भोलि (मंगलवार) सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले आइतवार विज्ञप्ती जारी गरी मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर इदका अवसरमा यही भदौ २८ गते मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
बकर इदका दिन नजिकका मस्जिदहरूमा जम्मा भइ मुस्लिम समुदायहरूले विशेष नमाज पढ्ने गर्दछन् । मुस्लिम समुदायले बकर इद तीन दिनसम्म मनाउँछन् ।
मुस्लिमहरूले घरमा खसी वा भेंडाको बली दिने र बलीको तीन भाग लगाइ एक भाग गरीबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने गर्दछन् ।

प्रकाशित मितिः   २७ भाद्र २०७३, सोमबार १०:२३