लकडाउनकैबीच बुद्ध जयन्तीमा सार्वजनिक विदा

सुर्खेतः लकडाउनकैबीच सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ । वैशाख २५ गते बुद्ध जयन्ती पर्वको अवसरमा विदा हुने गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि मन्त्रिपरिषद बैठकले पनि भोलि साँझ ७ बजे दिप प्रज्वलन गर्ने निर्णय गरिसकेको छ ।