आज विश्व रङ्गमञ्च दिवस

सुर्खेत, १३ चैत । (साबिस)
विश्व रंगमञ्च दिवस आज (आइतवार) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्ष्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ तारिखमा विश्व रङ्गमञ्च दिवस मनाइन्छ । सन् १९६२ मा पहिलो विश्व रङ्गमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए । दिवसको अवसरमा नेपालका विभिन्न स्थानमा कार्यक्रमहरू आयोजना हुने गरेका छन् । यो दिवसलाई हरेक वर्ष रङ्गकर्मीहरूले नाटकमार्फत् मनाउँदै आएका छन् । 
संस्कृति, संरक्षण र शान्ति स्थायित्वलाई जोड दिँदै विकृति विसङ्गतिलाई हटाउन नाटकमार्फत् उत्प्रेरणा जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । नेपालमा पछिल्लो समयमा रङ्गमञ्चप्रति आकर्षण बढ्दै गएको पाइएको छ । पहिले काठमाडांैमा मात्र सीमित रङ्गमञ्च अहिले बाहिरी जिल्लामा पनि फस्टाउन थालेको रङ्गकर्मीहरूले बताएका छन् । सुर्खेतमा समेत रङ्गमञ्चप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको पाइएको छ ।
प्रकाशित मितिः   १४ चैत्र २०७२, आईतवार ०६:१४