विचार

लकडाउन प्रकृतिका लागि बरदान

कोरोना भाइरसका कारण विश्वमा अहिले मानिसहरुको सम्पूर्ण जीवनशैली नै परिवर्तन भएको छ । हामीहरू घरमा बन्दी छौं । जीवनको गति ढिलो भएको छ । तर यो बन्दाबन्दीको बीचमा हामीले एउटा सकारात्मक कुरा देखिरहेका छौं । त्यो हो प्रकृतिको सफा रुप । प्रकृतिले फेरि आफ्नो घाउँहरू निको पार्न थालेको छ । मानिसहरु घरभित्रै बसेका कारण संसारका धेरै सहरहरुमा प्रदूषण कम भएको छ । नदीहरू सफा देखिन थालेका छन् । यति सफा कि नदीको पानी पनि पिउनयोग्य भएको छ ।

यस बीचमा सबैभन्दा राम्रो समाचार सुन्न पाइरहेका छौं कि ओजोनको तह भरिन थालेको छ । विश्वले कोरोनाको नकारात्मक विन्दु हेरिरहेको छ । तर सकारात्मक कुरा यो हो कि यदि तपाईंको हातबाट एउटा चिज खोसिएको छ भने, अर्को हातबाट त्योभन्दा धेरै राम्रो पाइरहेको पनि हुन्छ । लकडाउनको कारणले गर्दा अहिले हावा एकदम सफा भएको छ । प्रदूषणको स्तर धेरै तल झरेको छ । थुप्रै विदेशी सञ्चारमाध्यमले भने अनुसार २४ मार्चदेखि २४ अप्रिलसम्म पूरा विश्व भरीमा नाइट्रोजन डाइअक्साइडमा तीव्र गिरावट देखिएको छ । प्रदूषणको स्तरमा ४० देखि ५० प्रतिशत सम्मको गिरावट आएको छ । यद्यपि विश्वका थोरै भागहरूमा नाइट्रोजन डाइअक्साइड अझै उच्च छ ।

यदि लकडाउनमा केही राम्रो भएको छ भने त्यो हो प्रकृति । यतिबेला ओजोन तहको प्वाल भरिन थालेको छ । यसको पुष्टि गर्दै वैज्ञानिकहरूले भनिरहेका छन्, ओजन तहको १० लाख वर्ग किलोमिटर चौडा प्वाल अब बन्द भएको छ । पृथ्वीको यस्तो गम्भीर समस्या यसरी समाप्त हुनु कुनै सानो उपलब्धि होइन । ओजोन तहको एक मिलियन वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको दुर्लभ प्वाल थियो । जुन वैज्ञानिकहरूले गत महिनाको सुरूमा पत्ता लगाएका थिए । प्वाल हुनुको कारण उत्तरी ध्रुवमा कम तापक्रम मानिन्थ्यो । यदि यो प्वाल हावाको गतिसँगै दक्षिणतिर सरेको भए यसले मानवलाई प्रत्यक्ष खतरामा पार्ने थियो ।

विश्वव्यापी लकडाउनका कारण मानिसहरु आफ्नो घरहरुमा सीमित छन् । कलकारखाना बन्द छन् । यस्तो समयमा हावा सफा हुँदैछ । नदीहरू सफा हुँदैछन् । प्रदूषण घट्दै छ । जनावर र पशुपंक्षीहरूले यस अवसरको फाइदा लिइरहेका छन् ।

कपर निकन वातावरणीय अवलोकन सेवाले बताए अनुसार उत्तरी ध्रुवमा आर्केटिकमा पर्ने अप्रत्याशित ओजोन प्वाल पूर्णतया बन्द छ । यस प्वालले गत महिना ठूलो आकार लिइसकेको थियो । वैज्ञानिकहरूको चिन्ता थियो कि यो प्वाल दक्षिणी गोलाद्र्धमा पुग्न सक्छ । तर त्यसो भएन । अप्रिल महिनादेखि उत्तरी ध्रुवको तापक्रम बढ्न थाल्छ, त्यसैले सम तापमण्डल तातो भएको हुनाले यो प्वाल बन्द भएको हुनसक्ने वैज्ञानिकहरूको विश्वास छ । अर्कोतिर कोरोना महामारीको डरले सारा विश्व लकडाउनमा छ । यसले गर्दा प्रदूषण भइरहेको छैन । यतिबेला प्रदूषण नहुनु पनि ओजोन तहको प्वाल भरिन प्रमुख कारण बनेको वैज्ञानिकहरुको धारणा छ ।

विश्वव्यापी लकडाउनका कारण मानिसहरु आफ्नो घरहरुमा सीमित छन् । कलकारखाना बन्द छन् । यस्तो समयमा हावा सफा हुँदैछ । नदीहरू सफा हुँदैछन् । प्रदूषण घट्दै छ । जनावर र पशुपंक्षीहरूले यस अवसरको फाइदा लिइरहेका छन् । अनुसन्धान रिपोर्टका अनुसार दक्षिण एसियाका नदीहरुमा मुस्किलले देखिने डल्फिन अहिले देखिन थालेको छ । डल्फिन सधैं सफा पानीमा देखा पर्दछ । वातावरणविद्हरूका लागि पनि यो आश्चर्यको कुरा नै छ । योभन्दा पहिला करिब ३० वर्ष अघि डल्फिन नदीहरूमा देखिन्थ्यो तर पानीको प्रदूषण बढ्दै जाँदा डल्फिन देखिन छोडेको थियो ।

लकडाउनबाट प्रकृतिलाई लगातार फाइदा भइरहेको छ । नासाको उपग्रहले गत बीस वर्षमा उत्तर भारतको सबैभन्दा कम एयरोसोलस्तर नाप्यो । यसको पछाडिको मुख्य कारण मानव गतिविधिहरुको कमी हो । एयरोसोलहरू धेरै सानो ठोस र तरल कणहरू हुन् । जसले दृश्यता कम गर्दछ र मानवको फोक्सो र हृदयलाई असर गर्दछ । मानवद्वारा बनाइएको एयरोसोल प्रदूषणको घातक स्तर बढाउँछ । मानिसले बालीहरू जलाएर, जैविक इन्धन जलाएर एयरोसोलहरू उत्पादन गर्दछन् भने ज्वालामुखी, जंगलमा आगो, बिजुली आदिबाट प्राकृतिक एयरोसोलहरू उत्पादन हुने गर्दछन् ।

लकडाउनको अर्को फाइदा चराचुरंगी र जनावरहरू सडकमा स्वतन्त्र रूपमा हिँडेको देखिन्छ । चाहे त्यो दक्षिण अफ्रिकाको जंगल बाहिर आराम गरिरहेको सिंह होस् वा मुम्बईको समुद्र किनारामा देखिएको डल्फिन । मानिसहरु यसरी घरभित्र बसेको जनावरहरुलाई एकदम मन परेको छ ।

विश्वस्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वमा ४६ लाख मानिसहरु प्रदूषणका कारणले मर्छन् । आजभोलि तपाईंको आँखाले पनि सफा र स्पष्ट मौसम देखिरहेको होला । निलो आकाश र सफा हावा । यतिबेला सडकहरू खाली छन् । सवारी साधन गुडेका छैनन् । पावरप्लान्टहरू बन्द भएको कारण नाइट्रोजन डाइअक्साइडमा पनि कमी देखिएको छ । विश्वभरीका सबैभन्दा प्रदूषित सहरहरूमा लकडाउनको कारणले गर्दा प्रदूषण ८० प्रतिशतसम्म घटेको छ । वैज्ञानिकहरुका अनुसार, पृथ्वी दोस्रो विश्वयुद्धको समयमा यति शुद्ध थियो । यसको अर्थ यो हो कि ७५ वर्षपछि पृथ्वी यति सफा भएको छ । यस वर्ष कार्बन उत्सर्जन पनि ५ प्रतिशतले घट्ने अपेक्षा गरिएको छ ।

लकडाउनको अर्को फाइदा चराचुरंगी र जनावरहरू सडकमा स्वतन्त्र रूपमा हिँडेको देखिन्छ । चाहे त्यो दक्षिण अफ्रिकाको जंगल बाहिर आराम गरिरहेको सिंह होस् वा मुम्बईको समुद्र किनारामा देखिएको डल्फिन । मानिसहरु यसरी घरभित्र बसेको जनावरहरुलाई एकदम मन परेको छ । यसैको परिणाम हो कि भारतको मुम्बईमा हजारौं राजहंसहरु एकसाथ देखा परेका छन् । लकडाउनले मानिसहरु घरभित्र थन्किएपछि प्रकृतिको असली रुप देखिन थालेको छ । कसैले पनि सोचेको थिएन होला लकडाउन प्रकृतिको लागि यति बरदान बन्छ भनेर ।

प्रकृतिले मानवलाई कोरोना भाइरसको रूपमा सन्देश दिएको छ, कि यदि मानिसले चाहे भने प्रकृतिलाई सधैं सफा र सुन्दर राख्न सक्छन् । आधुनिकताको दौडमा लागिरहेको मानव प्रकृतिप्रति धेरै निर्दयी भएको छ । प्रकृतिले मानिसलाई भनिरहेको छ, ‘हे मानिस, सुध्रिहाल । म त कुनै न कुनै रुपमा मेरो सन्तुलन बनाई हाल्छु । तर मैले आफ्नो सन्तुलन बनाउनका लागि मानवजातिलाई कुनै न कुनै प्रकारले हानी पु¥याउनै पर्ने हुन्छ । त्यसैले म चाहन्छु कि मलाई आफै सन्तुलन नगर्नु परोस्, ताकी मानवको क्षति न होस् ।’

यसमा कुनै शंका छैन कि यदि मानिसले चाहन्छ भने उसले सधैं आफ्नो गाउँ, सहर, देश, संसार र प्रकृतिलाई सफा राख्न सक्छ । हेर्नुहोस् त आज प्रदूषण कम भएको कारणले मात्र संसार र प्रकृति यति सुन्दर बन्न पुगेको छ । सफा हावा, सफा पानी, सफा आकाश जहाँसुकै । यो त कोरोनाको कारणले गर्दा भएको हो । तर यस्तो लकडाउन हामी मानिसहरु आफै जानी जानी पनि त गर्न सक्छौं पृथ्वी र प्रकृतिलाई सफा राख्नका लागि । विश्वले अब प्रकृतिको सन्तुलन कायम राख्न प्रत्येक वर्ष कम्तीमा पनि एक साताको ‘प्रकृति लकडाउन’ गरौं । यसो गर्न सकियो भने मात्रै हामीले प्रकृतिलाई मानव हुनुको परिचय दिन सक्छौं ।

 

प्रकाशित मितिः   २२ बैशाख २०७७, सोमबार १३:४६