नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण, १५ जना एउटै टोलका

सुर्खेतः आइतबार दिउँसो मात्रै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको नेपालगन्जमा थप ६ जनामा पनि संक्रमण देखिएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका– ८ का ६ जनामा संक्रमण देखिएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।
मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. विनोद कुमार गिरीले पनि थप संक्रमित देखिएको पुष्टि गरे । शनिबार महेन्द्रपार्क टोलका एक ६० वर्षिय पुरुषमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा अन्यको परीक्षण गरिएको थियो । आज संक्रमण देखिएका सबै १५ जना एउटै टोलका हुन् । आइतबार थप ६० जनाको स्वाब संकलन गरिएको पनि डा. गिरीले बताए ।

प्रकाशित मितिः   २१ बैशाख २०७७, आईतवार २०:५४