बाँकेमा पनि भेटिए कोरोना संक्रमित

सुर्खेतः बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । बाँकेका ६0 वर्षीय पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ५९ पुगेको छ । हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्‍ये १६ जना निको भएर घर फर्किइसकेका छन् ।

प्रकाशित मितिः   १९ बैशाख २०७७, शुक्रबार १५:५३