रोल्पामा बम विष्फोट, चार बालबालिकाको मृत्यु

सुर्खेतः बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बिहीवार बेलुका बम विष्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गर्दै बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको बताए ।
‘टुइञ्च मोटर जस्तो बम विस्फोट भएको छ, त्यसमा परेर चार जना बालबालिकाको मृत्यु भएको छ,’ डिएसपी गुरुङले भने । घटनाबारे विस्तृत विवरण केही बेरमै आउने प्रहरीले बताएको छ ।

प्रकाशित मितिः   १८ बैशाख २०७७, बिहीबार २०:५२