विप्लव समूहका केन्द्रीय सदस्य पक्राउ
सुर्खेतः प्रहरीले प्रतिबन्धीत नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य बालाराम सुनार ‘हिमाल’लाई प्रहरीले पक्राउ गरेको छ । सुनारलाई बिहीवार विहान आठ बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।
पूर्व सुर्खेत जिल्ला इन्चार्जसमेत रहेका उनी लकडाउनका क्रममा घरमा आएर लुकिछीपी बसेको सूचना पाएपछि प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । उनले सुनारलाई वीरेन्द्रनगर–४ स्थित घरबाटै पक्राउ गरिएको बताए ।
सुनार एक साताअघि घर आएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । उनीमाथि दुई महिनाअघि पश्चिम सुर्खेतमा प्रहरीमाथि भएको गोली प्रहारमा संलग्न भएको, धम्क्याएर चन्दा असुली गरेको लगायतका आरोपहरु छन् । उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः १८ बैशाख २०७७, बिहीबार ११:५४
साझा बिसौनी ।