क्वारेन्टाइन बसेकी महिलाले बच्चा जन्माइन्

सुर्खेतः क्वारेन्टाइनमा बसेकी एक महिलाले बच्चा जन्माएकी छिन् । सुर्खेतको पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपालीले सोमबार राति छोरालाई जन्म दिएकी हुन् । तीन दिनदेखि क्वारेन्टाइनमा रहेकी कमलालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य चौकी लगिएको थियो ।

पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्रबहादुर थापाले अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिंदै कमलालाई अब होम क्वारेन्टाइमा राखिने बताए । कमला पञ्चपुरी नगरपालिका–६ छाप्रेकी हुन् । उनी चितवनबाट वीरेन्द्रनगर हुँदै आइतबार राति श्रीमानसँगै पञ्चपुरी पुगेकी थिइन् ।

प्रकाशित मितिः   १६ बैशाख २०७७, मंगलवार १९:११