प्रदेश अस्पतालमा फोनबाटै स्वास्थ्य परामर्श

सुर्खेतः घरमै बसेर चिकित्सकहरुसँग स्वास्थ्य परामर्श लिन सकिने भएको छ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशेषज्ञ चिकित्सकहरुले फोनबाटै स्वास्थ्य परामर्श दिने भएका हुन् ।

अहिले अस्पतालमा आपत्तकालीन सेवा बाहेक ओपिडी सेवा बन्द छन् । स्वास्थ्य चेकजाँच गर्न अस्पताल आउने सहज वातावरण नभएकाले फोनबाटै भएपनि परामर्श दिन थालिएको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठले जानकारी दिए । ‘कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी भएको अवस्थामा अस्पताल आउन सहज नभएका विरामीलाई फोनबाटै परामर्श दिन लागेका छौ,’ उनले भने ।

सामान्य खालका विरामीले फोनबाटै परामर्श लिएर औषधि किनेर खान सक्ने उनले बताए । ‘अहिले कोरोना त्रास र लकडाउनका कारण अस्पताल आउने सहज वातावरण छैन । विरामीलाई सजिलो होस् भन्ने उद्देश्यले यस्तो काम सुरु गरेका हौं ।’ उनका अनुसार जहाँबाट जुनसुकै समयमा फोन गरेर स्वास्थ्य परामर्श लिन सकिनेछ ।

उनीसँगै डा. सोजन सापकोटा, डा. सुशील समदर्शी, डा. प्रतिप पौडेल, डा. सन्जिब भण्डारी र डा. प्रभात सिंह राजपुतले फोनबाटै स्वास्थ्य परामर्श सेवा दिनेछन् । सेवा लिन चाहनेले निम्नलिखित नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।

१) सर्जन विशेषज्ञ डा. सोजन सापकोटा – ९८४१६५७४५२
२) मन रोग विशेषज्ञ डा. सुशील समदर्शी –९८४१२८२६७४
३) हाडजोर्नी, बाथ तथा नशा रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ–९८०२९७७५७६
४) बाल रोग विशेषज्ञ डा. प्रतिप पौडेल–९८०७३२०६७९
५) फिजिसियन डा. सन्जिब भण्डारी– ९८४०००१५००
६) छाला तथा यौन रोग विशेषज्ञ प्रभात सिंह राजपुत–९८६०१८४१४६

प्रकाशित मितिः   १६ बैशाख २०७७, मंगलवार १९:५३