यात्रु ओसारपसार रोक्न गृहको निर्देशन

सुर्खेतः सरकारले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाएको छ । गृह मन्त्रालयले लकडाउनमा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र गरेको हो । परिपत्रमा अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन तथा यात्रु ओसारपसारलाई पूर्ण रुपमा रोक लगाउन भनिएको छ ।

गृह मन्त्रालयले स्थायी थातथलो जाने यात्रुलाई स्थानीय तहबाट गरिँदै आएको उद्धार अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको हो । पछिल्लो एक सातायता देशका विभिन्न स्थानबाट आफ्नो प्रदेश, जिल्ला र पालिका फर्कने नागरिकलाई जनप्रतिनिधिहरुको पहलमा घर पठाउने गरिँदै आएको छ ।

प्रकाशित मितिः   १५ बैशाख २०७७, सोमबार १३:२४