सशस्त्रका असई भेरी नदीमा बेपत्ता

सुर्खेतः सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) भेरी नदीमा बेपत्ता भएका छन् । सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प गुमीमा कार्यरत असई भुपाल कार्की शुक्रबार दिउँसो भेरी नदीमा बेपत्ता भएका हुन् ।

कार्की गुर्भाकोट नगरपालिका–८ मेहेलकुनास्थित सिटिहलमा रहेको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका थिए । उनी डियूटी सकेर नुहाउने क्रममा बेपत्ता भएका हुन् । कार्की गुर्भाकोट नगरपालिका–६ का स्थायी बासिन्दा हुन् । उनको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

प्रकाशित मितिः   १२ बैशाख २०७७, शुक्रबार २२:४३