सभामुख र विज्ञहरुबीच भिडियो कन्फरेन्स बैठक

सुर्खेत : प्रदेशसभाका सभामुख र विज्ञहरुबीच भिडियो कन्फरेन्स मार्फत बैठक बसेको छ । कर्णाली प्रदेशसभाको पहलमा शुक्रबार सातवटै प्रदेशका सभामुखसहित भिडियो कन्फरेन्स बैठक गरिएको हो ।

बैठकमा सभामुखहरुले कोरोना महामारीको कारण मुलुक लकडाउनमा रहेको अवस्थामा माहामारी नियन्त्रण तथा व्यवस्थापन कार्यमा संसदका संयन्त्र क्रियाशील हुनुपर्ने बताएका थिए । तीन घण्टासम्म सञ्चालन भएको बैठकमा कोरोना माहामारीले उत्पन्न परिस्थिति र त्यसले पार्ने प्रभावका विषयमा कार्यसूचीसहित छलफल भएको प्रदेशसभा सामाजिक विकास समितिका सचिव राजेन्द्र पौडेलले जानकारी दिए । उक्त बैठकमा यूएनडीपीका संसद सहयोग परियोजना व्यवस्थापक राजबहादुर श्रेष्ठलगायत विभिन्न क्षेत्रका विषयविज्ञ र प्रदेशसभा सदस्यहरुको पनि सहभागिता रहेको थियो ।