एभरेष्ट बैंकको ६ लाख सहयोग

 

मुख्यमन्त्री कार्यालयमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई शुक्रबार ६ लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै एभरेष्ट बैंकका सुर्खेत शाखा प्रबन्धक विक्रान्त शर्मा ।

सुर्खेतः कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा एभरेष्ट बैंकले ६ लाख रुपैयाँ जम्मा गरेको छ । शुक्रवार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई बैंकका सुर्खेत शाखा प्रबन्धक विक्रान्त शर्माले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

वैंकले संघीय सरकारलाई ६० लाख र सातवटै प्रदेश सरकारलाई ६/६ लाख रुपैयाँका दरले सहयोग प्रदान गरेको सुर्खेत शाखा प्रबन्धक शर्माले जानकारी दिए । उनका अनुसार एभरेष्ट बैंकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सरकारले थालेको अभियानमा संघीय सरकार र प्रदेश सरकारलाई गरी एक करोड दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि सहभागि थिए । उनले सहयोगी संस्थाहरुलाई धन्यवाद दिँदै कोरोनाविरुद्धको अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

प्रकाशित मितिः   १२ बैशाख २०७७, शुक्रबार १९:०९