प्रदेश विपद कोषमा दश लाख सहयोग

सुर्खेतः कर्णाली प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी प्रदेश विपद व्यवस्थापन कोषमा शुक्रबार मात्रै १० लाख रुपैयाँ जम्मा भएको छ । एभरेस्ट बैंकले ६ लाख, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले तीन लाख र सहकर्मी समाजले एक लाख एक हजार रुपैयाँ सहयोग गरेका हुन् ।
उक्त रकम आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गरिएको हो । तीन वटै संस्थाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ‐कोभिड–१९) विरुद्ध लड्न सरकारले थालेको अभियानमा साथ दिन सहयोग गरिएको जनाएका छन् । प्रदेश विपद व्यवस्थापन कोषमा नीजि क्षेत्रबाट झन्डै डेढ करोड रकम जम्मा भएको छ ।