सूर्योदयले ग¥यो सरसफाइ

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ भदौ ।
सूर्योदय बोर्डिङ्ग स्कुलमा अध्ययनरत विद्यार्थीहरूले वीरेन्द्रनगरमा सरसफाइ गरेका छन् । सूर्योदयका विद्यार्थीहरूको नेल्टा क्लबको आयोजनामा सरसफाइ गरिएको हो ।
वीरेन्द्रनगर बसपार्क क्षेत्रको विद्यालय नजिकको सडक वरिपरि सरसफाइ कार्यक्रम गरिएको विद्यालयले जानकारी दिए । क्लबका अध्यक्ष विशाल घिमिरेको संयोजन तथा शिक्षकहरूको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा सडक वरपरका प्लाष्टिकजन्य वस्तुहरू जलाउनुका साथै नालाहरूको सरसफाइ गरिएको थियो । शिक्षा दिवसको अवसर पारेर सरसफाइ गरिएको हो ।

प्रकाशित मितिः   २५ भाद्र २०७३, शनिबार ०९:२८