शिक्षा तिमी

yubraj_adhikari
युवराज अधिकारी

ज्ञानको ज्योति छर्नैपर्ने, कति तिम्रो दुःख
अन्धकारलाई हटाइकन, बन्ने तिमी सुःख
खराबलाई असल बनाइ, हटाइ अन्धकारपन
असल नागरिक बनाउन, कति कसरत

शान्ति कायम गर्नलाई, दियो बाल्ने तिम्रो
माया र सद्भावलाई, फैलाउने सबको
विकास निर्माण आधार तिमी, समाज सुधार देशको
सकारात्मक सोचको विकास, गर्ने सब जनको

कुरीति र कु–संस्कारलाई, हटाउने नै तिमी
सभ्य समाज बन्नलाइ, अघि सर्ने तिमी
रोजगार र स्वरोजगार, सृजनामा तिमी
आत्मनिर्भर बनाउन, लाग्नैपर्ने तिमी

अन्तरनिहित प्रतिभालाई, बाहिर ल्याउने तिमी
सर्वाङ्गिन विकास गर्ने, तारिफ पाउने तिमी
दक्ष जनशक्ति विकास गर्ने, सबै काम तिम्रो
कुशल नेता र शासकहरू, योगदान पनि तिम्रो

न्याय र नैतिकतामा, बाँच्न सिकाउने तिमी
समतामूलक समृद्धि र, आधुनिक बनी
हिंसालाई शान्ति बन्ने, बनाउने तिमी
द्वन्द्व समाधान गरी गराइ, प्रतिष्ठामा तिमी

असल सिकाइ वातावरण, बनाउने नै तिमी
सहयोगात्मक सहिष्णुता, बढाउने नै तिमी
सूचना र प्रविधिको, विकासमा तिमी
संसारलाई गाउँमा सीमित, पार्ने पनि तिमी

सीप अनि व्यवहार, सिकाउँछौं तिमी कति
गुणस्तरीय जीवनको, गर्ने तिमी खेती
जीवनस्तर उकास्नमै, तिम्रो जीवन जानी
प्रतिष्ठित बनाउनमा योगदान तिम्रो खानी

उचित निर्णय लिन पनि, सिकाउने तिमी
जिम्मेवारी वहन गर्ने, बनाउने तिमी
समस्याको समाधानमा, सछ्र्यौ तिमी कति
उद्यमशील र स्वावलम्बन, बनाउँछ्यौ गति

आधारभूत आवश्यकतामा, तिमीलाई राख्नुपर्ने
लगानीमा राष्ट्रले त, खुम्च बस्नुपर्ने
जीवनलाइ सरल सहज, बनाउनु नै पर्ने
किन सँधै शिक्षा तिमी तारो बन्नुपर्ने

भविष्यको निर्माण गर्ने, तिमी कति महान्
परिवर्तनको गाथा बन्ने, तिमी कति सहन
समृद्ध राष्ट्र निर्माणमा, सबै तिम्रै योगदान
देशको मुहार फेर्नलाई, बन तिमी महान्

प्रकाशित मितिः   २५ भाद्र २०७३, शनिबार ०९:१७