सलाम छ कामरेड ! (कविता)

surendra_adhikari
सुरेन्द्र अधिकारी

हर घडी अविश्वासको
पहाडमा उभिएर
फगत तिमीले
मलाई शंकाको घेरामा
जाँची रह्यौ
हेरिरह्यौ छामी रह्यौ
निरन्तर हुन त
तिमीसँग थिए एक से एक कन्भिन्स गर्ने
जवाफी जालहरू
कामरेड होशियार छु
म पनि
यहाँको मन्द मुस्कानसँग मलाई थाहा छ
कामरेड मदनले भनेको
प्रशंसा गर्नेदेखि होशियार !
यस यात्राको बीचबाट
सलाम छ कामरेड तिमिलाई
तिम्रो यस विचारलाई…

प्रकाशित मितिः   २५ भाद्र २०७३, शनिबार ०९:१०