चिचिण्डो (लघुकथा)

narayan-bikram-gc
नारायणविक्रम जिसी

आज पुनः अर्को साउने झरीको कहरसँगै वर्षदिनदेखिको घामपानीले दुर्घटित भएर करङ गन्न मिल्ने खालको त्रिपालमुनीको बसाइँ अहो ! गर्मी । भदौ महिनाको गर्मी त्यसले नेपाली उखान जस्तै भदौरे घाम खुर्सानी सुकाउनलाई जस्तै सुकाउने भयो यसपालिको घामले धर्मेलाई । धर्मे जंगलको बीचमा बसोबास गर्ने युवक हो । वस्ती बसेको माटाको प्रकृति हेर्ने हो भने रातो उर्वर नभइ वञ्जर भूमिमा बसोबास गर्छ । उसको वास्तविक नाम धर्मबहादुर नेपाली । कसैले उसलाई मायाले धर्मे भन्दछन् । सोही बस्तीका केही विष्टहरूले जातीय उपेक्षा गर्दै आफू ठूला जात र ऊ सानो जातको देखाउनका लागि धर्मे भन्दछन् । गाउँका केटाकेटीलाई माया गर्ने भएकाले धर्मे भन्दछन् । मान्छे धर्मिक प्रवृत्तिको पनि थियो जसले जे भने पनि ऊ त्यस बस्तीको विस्थापित हो । पोहोर सालको बाढीले उसलाई पनि विस्थापित गराइदियो अरु झै त्यसै बस्तीमा बसोबास गर्दछ धर्मे ।
त्रिपाल पनि नअटाउने जमिन छेउमै एउटा कुलेसो बनाएको छ, रातो माटो त्रिपालको डिलमै एउटा चिचिण्डोको बुटा छ । यसलाई हुर्काउन र यहाँसम्म ल्याउनुका कथा र व्यथाहरू प्रशस्तै छन् । धेरै तरकारी बीऊ, बेर्ना, बाँकी रहेको बुटा त्यही मात्र थियो । ऊ बिहान जंगल जाँदा बोतलमा पानी ल्याएर हाल्थ्यो । स्याउला सोतर, मलका रूपमा प्रयोग गर्ने गथ्र्यो । धेरै मेहेनत गथ्र्यो तर रातो अनि वञ्जर माटो । एउटा ढिङ्गुरिएकी आइमाइ जस्तै बिरुवा हुर्कदै थियो । एउटा बुटो । साँझ बिहान टहल गर्दथ्यो उसले जसरी भर्खर बैंसले फक्रिएकी केटी मान्छेले ऐना हेरेझै हेथ्र्यो चिचिण्डोको बुटालाई । याता जाँदा उता जाँदा बिहान बुटामा लटरम्म फूलहरू फुलेका रहेछन् सेताम्य भएर । ऊ खुशी भयो । अब त केही दिनमा फलहरू लाग्छन होला । उसले कल्पना गर्यो । अब त सोयाविन सँग एक दुई छाक मिसाउने हुने भयो, अब त हरियो तरकारी खान पाइने भयो । उसको मनमा आशाको सञ्चार भयो । बिरुवा हुर्कर्दै थियो । दिनहरू बित्दै थिए आफ्नो मात्र होइन छिमेकीसँग समेत खरानी मागेर छर्कन समेत पछि पर्दैनथ्यो । खरानीको रंगले सेताम्य त्यसमा फूलेको फूले ऊ आनन्दित हुन्थ्यो । फूलसँग अब फलहरू पनि देखिन थालेका थिए । साँझसम्म स्याहार गरेर धर्मे त्रिपालमुनी घुसिएको थियो । अरु दिनभन्दा आज अलि काम बढी भएकोले ऊ निदाएछ क्यारे । ऊ मस्तसँग निदायको बेला मौसम परिवर्तन भयो ।
आकाश गड्गडाउन थाल्यो । क्षणभरमै ठूलो हावाहुरी सँग असिना पानी प¥यो । धर्मे त्रिपाल बचाउँदै थियो । उसको चिचिण्डोका लागि गाडेको जमुनाको थाँक्रो भाँचियो । असिना र पानीले बुटा एक क्षणमै छिन्नभिन्न भयो । रातभरीको पानीका कारण जराहरू उत्तानो पारिदियो । भोलिपल्ट बिहान चिचिण्डाको बोट उत्तानो परेर मानौं धर्मेलाई गिज्याइरहेको थियो, जसरी उसलाई बस्तीमा अरुले गिज्याउने गर्थे त कर्महारा भनेर जिस्काइरहेको थियो । उसले मौन रूपमा त्यस बुटालाई हेरिरह्यो । आँखामा आँशु भरिएर आए, ऊ केही बोल्न सकेन । जसरी बाढीको भेलसँगै उसको परिवार अनन्त शून्यमा हराएका थिए त्यसैगरी चिचिण्डोको बोट पनि शून्यमा हरायो ।

प्रकाशित मितिः   २५ भाद्र २०७३, शनिबार ०९:०५